Skip to main content

गर्भावस्थामा पेटको बच्चा चल्दा बुझ्नु पर्ने ७ कुराहरु


बच्चा स्वस्थ भएको संकेत :
गर्भमा रहेको बच्चाले पेटमा लात हाने जस्तै गरी चल्छ भने बच्चा स्वस्थ्य र सक्रिय छ भनेर बुझ्नु पर्छ ।
बाहिरी बाताबरणसंग पनि प्रतिक्रिया दिएको छ :
यस्तो पनि भनिन्छ कि बच्चाले गर्भको बच्चा पनि बाहिरी बातारबणसंग घुलमिल भइरहेको हुन्छ । बाहिरी बाताबरणमा हुने परिवर्तन प्रति उसले प्रतिक्रिया जनाउछ । बाहिरको आवाजले पनि उसले भित्र प्रतिक्रिया जनाउछ ।
बायाँ ढल्केर सुत्दा रक्तसञ्चार प्रक्रिया बढ्छ :
बायाँ ढल्केर सुतेको बखत बच्चाले बढी लात हान्ने गर्छ यदि गर्भवती महिला बायाँ तर्फ ढल्केर सुत्ने गर्छिन त्यतिवेला दाँया ढल्किदा भन्दा बढी चलने गर्छ । यस्तो किन हुन्छ भने आमा बाया फर्केर सुत्दा भ्रुण अर्थात पेटको बच्चाको रक्तसञ्चार प्रक्रिया बढछ । जसले बच्चाले हलचल बढाउछ ।

खाना पछि किक बढ्दै जान्छ :
 गर्भवति महिलाले यस्तो अनुभवन गरेको हुनुपर्छ कि खाना खाएपछि गर्भको बच्चाले किक बढी हान्छ ।
गर्भवति भएको नौ साता पछि नै बच्चाले किक हान्न सुरु गर्छ :
गर्भवति भएको नौ साता पछि नै पेटमा हलचल सुरु हुन्छ । तर दोस्रो पटक गर्भवती भएको आमाले तेह्र साता पछि मात्रै बच्चाले किक हानेको अनुभव गर्न पाउछिन् ।
पेटमा हलचल कम हुनु बच्चा कमजोर हुनु हो : 
यदि बच्चा पेटमा कम चल्छ वा किक कम हान्छ भने मान्नुस पेटको बच्चामा गडबढी हुन खोजेको छ । यदि तपाईँको बच्चा पेटमा सामान्य भन्दा कम चल्छ भने त्यहाँ बच्चाको लागि अक्सिजन कमि भएको पनि हुनसक्छ ।
३६ हप्ता पछि कम किक हान्यो भने आत्तिनु पर्दैन :
जव ३६ हप्ता पछि तपाईँको बच्चा बढ्दै जान्छ किक कम हुँदै जान्छ ।

Comments

Popular posts from this blog

दादको समस्याले सताएको छ ? यसरी जोगिनुस्

अनुहार सुन्दर तर त्यहिमाथि निस्केको फुस्रो दादले रुपै बिगारिदिएको हुन्छ । कतिपयको शरीरका विभिन्न भागमा निस्किएको दाद । यसले शरीरको सौन्दर्यमा आघात त पार्छ नै बढदै जाँदा थप समस्याहरु नित्याउँदै जान्छ । छालारोग विशेषज्ञ डा सविना भट्टराईले दादको समस्या र जोगिने उपाय बारेमा केही टिप्स दिएकी छन् । हेरौँ उनका टिप्सहरु: दाद भएको ठाँउमा खराब औषधि परयो भने घाउ पाकेर पिप आउने हुन्छ, त्यसका साथै बढ्ने प्रक्रिया तीव्र हुन्छ, चहरयाउने र मान्छे हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्छ । कपालको दाद विद्यालय जाने बालबालिकामा बढी हुन्छ । दाद हुँदा औषधि नमिसाइएको सादा साबुनले नुहाउनु पर्छ । नुहाएपछि कटनको कपडाले राम्रोसँग पुछेर सुक्खा बनाउने । चिकित्सकको सल्लाहमा मात्र औषधि प्रयोग गर्ने । जथाभावी औषधि प्रयोगले साधारण औषधिले ठीक हुने ढुसी पनि निको नहुने क्रम बढेको छ । बाह्य संक्रमण नजुधोस् भनेर सचेत रहने । आफूखुसी उपचार कहिल्यै पनि नगर्ने । चिकित्सकलाई भेट्नुअगावै जथाभावी औषधि प्रयोग गर्दा सामान्य किसिमको फंगल्सको संक्रमणमा पनि लामो समय औषधि खानुपर्ने हुन्छ ।