Skip to main content

चुम्बनका आठ फाइदा

१. तनाव कम गर्छ :
चुम्बनले मानसिक तनाव कम गर्ने एक अध्ययनले देखाएको छ । चुम्बन गर्ने ब्यक्ति र नगर्ने ब्यक्ति बिच गरिएको अध्ययनमा चुम्बन गर्ने ब्यक्तिमा तनाव कम पाइयो ।

२. रोग प्रतिरोधी क्षमता बढाउँछ :  विज्ञहरुका अनुसार चुम्बनले

मानिसमा रोगप्रतिरोधी क्षमता बढाउँछ । पाकक्रिडामा प्रसस्त चुम्बन गरेर मात्र यौन सम्पर्क गर्ने मानिसहरुमा यौनजन्य रोगको संक्रमणको खतरा घट्ने विभिन्न अनुसन्धानले देखाएको छन् ।

३.  खुसी बनाउँछ :  चुम्बनका बेला मानिसमा इन्डोफिन तथा इन्डोफिर्न हर्मोन पैदा हुन्छन् । जसले मानिसको मूडलाई रिल्याक्स बनाउँछ । जसका कारण मानिसमा खुसी पैदा हुन्छ । तनाव भएको बेलामा आफ्नो पार्टनरलाई चुम्बन गर्नुहोस्, एकाएक मूड फ्रेस हुन्छ र जिउ हल्का तथा तनावरहित हुन्छ ।

४.  मोटोपना घटाउँछ : चुम्बनका बेला शरीरमा प्रशस्तै क्यालोरी दहन हुन्छ । नियमित रुपमा व्यायाम गर्न नसक्ने तथा फुर्सद नहुने मानिसहरुले मोटोपनाबाट जोगिनका लागि नियमित चुम्बन गर्नु लाभदायी हुने अनुसन्धानले देखाएको छन् ।

५.  तन्नेरी बनाउँछ : चुम्बनले अनुहारका मांशपेशीलाई कसिलो तथा मजबुत बनाउने र मानिसको अनुहारलाई तन्नेरी रुप दिन मद्दत गर्छ ।

६. ब्लड प्रेशर तथा कोलेस्ट्राृरेल  :  चुम्बनले  ब्लड प्रेशर तथा कोलेस्ट्राृरेलको मात्रा कम गर्न मद्दत गर्छ । अध्ययनका अनुसार चुम्बन गर्नालेकोर्टिसोल नामक स्ट्रेस हार्मोन को उत्पादनमा कमी आउछ जसले कोलेस्ट्राृरेलको मात्रालाई कम गर्छ ।

७ . पुरुषको उमेर बढाउन मद्दत गर्छ  :  दिनमा एक पटक आफ्नो लाइफ पाटनरसंग चुम्बन गर्ने पुरुषको आयु पाँच बर्ष बढ्ने अध्ययनले देखाएको छ ।

८ यौन सन्तुष्टि बढाउँछ : चुम्बन यौन सम्पर्क तथा पाकक्रिडाको महत्वपूर्ण हिस्सा हो । मायावी चुम्बनले यौनक्रिडालाई बढि सन्तुष्टदायी बनाउँछ ।

Comments

Popular posts from this blog

दादको समस्याले सताएको छ ? यसरी जोगिनुस्

अनुहार सुन्दर तर त्यहिमाथि निस्केको फुस्रो दादले रुपै बिगारिदिएको हुन्छ । कतिपयको शरीरका विभिन्न भागमा निस्किएको दाद । यसले शरीरको सौन्दर्यमा आघात त पार्छ नै बढदै जाँदा थप समस्याहरु नित्याउँदै जान्छ । छालारोग विशेषज्ञ डा सविना भट्टराईले दादको समस्या र जोगिने उपाय बारेमा केही टिप्स दिएकी छन् । हेरौँ उनका टिप्सहरु: दाद भएको ठाँउमा खराब औषधि परयो भने घाउ पाकेर पिप आउने हुन्छ, त्यसका साथै बढ्ने प्रक्रिया तीव्र हुन्छ, चहरयाउने र मान्छे हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्छ । कपालको दाद विद्यालय जाने बालबालिकामा बढी हुन्छ । दाद हुँदा औषधि नमिसाइएको सादा साबुनले नुहाउनु पर्छ । नुहाएपछि कटनको कपडाले राम्रोसँग पुछेर सुक्खा बनाउने । चिकित्सकको सल्लाहमा मात्र औषधि प्रयोग गर्ने । जथाभावी औषधि प्रयोगले साधारण औषधिले ठीक हुने ढुसी पनि निको नहुने क्रम बढेको छ । बाह्य संक्रमण नजुधोस् भनेर सचेत रहने । आफूखुसी उपचार कहिल्यै पनि नगर्ने । चिकित्सकलाई भेट्नुअगावै जथाभावी औषधि प्रयोग गर्दा सामान्य किसिमको फंगल्सको संक्रमणमा पनि लामो समय औषधि खानुपर्ने हुन्छ ।